डोजर र टिप्पर छुटाउन महानगर पुगे ‘खतिवडा’
पाेखरा | जेठ २४, २०८०
Photo: Sandesh Baral
पोखरा: फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिएको डोजर र टिप्पर छुटाउन व्यवसायी युवराज खतिवडा महानगर पुगेका छन् ।
फेवातालका सिमसार क्षेत्र पुरेको भन्दै व्यवसायी खतिवडाको टिप्पर र डोजर केही दिन अगाडि महानगरको नगरप्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोही डोजर र टिप्पर छुटाउनका लागि खतिवडाले आज (बुधबार) महानगरपालिकामा निवेदन पेश गरेको महानगरका कानूनी सल्लाहकार नारायण शर्माले जानकारी दिए ।
‘व्यवसायी खतिवडाले नियम र कानूनमा रहेर नै काम गरेको भए पनि महानगरले व्यवसायीलाई दुःख दिने उद्धेश्यले डोजर र टिप्पर छुटाई पाउ भनेर निवेदन पेश गर्नुभएको छ’, शर्माले भने, ‘हामीले निवदेन हेर्दै छौं, नियम र कानूनतः छ छैन हेरेर रिर्पोट पेश गर्छाै ।’

उनका अनुसार व्यवसायी खतिवडाको एक डोजर र एक टिप्पर वडा प्रहरी कार्यालय बैदामको समन्वयमा नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारी साधनका चालकलाई भने बैदाम प्रहरीले एक रात हिरासतमा राखेर छाडेको थियो ।
खतिवडाको स्थानीयसँग मिलेर करिब ५ सय रोपनी जग्गालाई माटो थपेर खेतीयोग्ज जमिन बनाउने योजना रहेको थियो । तर कुटी रिसोर्टका सञ्चालक तथा निर्माण व्यवसायी देवेन्द्र केसीले भने सोही क्षेत्रमै प्लटिङ गरिसकेका छन् ।
तस्बिर: गीता रानामगर


पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

